ला लिगा आजबाट सुरु हुँदै (तालिका सहित ) !
काठमाडौँ । कोरोना भाइरस (कोभिड(१९) महामारीका कारण मार्च दोस्रो साताबाट स्थगित भएको स्पोनिस फुटबल लिग ला लिगा आजबाट फेरि सुरु हुँदै छ।
लिगको खेल तालिका अनुसार आज राति १ः४५ बजेबाट खेल सुरु हुँदै छ।
लिगको मार्च ११ मा भएको अन्तिम खेलमा रियल सोसिडाडले आइबरलाई १–० को गोलअन्तरले हराएको थियो। अब सुरु हुने खेल तालिका अनुसार पहिलो खेलमा आज राति सेभिल्लाले रियल बेटिसको सामना गर्ने छ।
पछिल्लो पटक मार्च ९ मा भएको खेलमा लिग तालिकाको दोस्रो स्थानमा भएको रियल मड्रिड रियल बेटिससँग एक गोलको अन्तरले हारेको थियो।
नयाँ खेल तालिका अनुसार भोलि (शुक्रबार) राति ग्रानाडाले गेटाफेको सामना गर्ने छ भने अर्को खेलमा एस्पानोयल र लेभान्टे भिड्दै छन्।
मार्च ११ तारिकसम्म खेल हुँदाको नतिजा अनुसार बार्सिलोना ५८ अंकका साथ शीर्ष स्थानमा छ। त्यस्तै, बार्सिलोनाभन्दा २ अंक कम बनाएको रियल मड्रिड दोस्रो स्थानमा छ। तेस्रो र चौथो स्थानमा ४७ र ४६ अंकका साथ क्रमशः सेभिल्ला र रियल सोसिडाड छन्।
लिगको रेलिगेसन जोनमा भने मालोर्का, लिगानेस र एस्पानोयल छन्। ला लिगाका २७ चरणका खेल सकिएका छन् भने ११ चरणका बाँकी छन्। अब हुने खेलमा अनिवार्य रुपमा हेल्थ प्रोटोकलको पालना गर्नुपर्ने छ।
स्पेनको दोस्रो डिभिजनको फुटबल सेकुन्डा भने बुधबारबाटै सुरु भइसकेको छ। -एजेन्सी
प्रतिक्रिया