सोमबार, वैशाख ८, २०८२

क्रिकेट बोर्डद्धारा प्रतियोगिता सुरु गर्न पाँच चरणको रोडम्याप तयार

नेपालखोज २०७७ जेठ ३० गते १४:४३

काठमाडौँ । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले क्रिकेट प्रतियोगिता सुरु गर्न पाँच चरणको रोडम्याप तयार पारेको छ ।

कोरोनाका कारण स्थगित क्रिकेट पुनः सुरु गर्न बोर्डले पाँच चरणको रोडम्याप बनाएको हो । बोर्डले तत्काल समूहमा ६ जनासम्म खेलाडीलाई प्रशिक्षण गर्न दिएको छ ।

यसमा सामाजिक दुरी कायम गरेर प्रशिक्षण गर्न भनेको छ । चौथो चरणमा खेल खेल्ने र पाँचौ चरणमा सबै प्रतिबन्धबाट मुक्त भएर मैदानमा खेल्ने रोडम्याप बनाएको छ ।

चौथो चरणको नियम भने छोटो फरम्याटका लागि लागु हुनेछ । त्यसमा हस्पिटालिटी र इन्डोर फेसिलिटीको प्रयोगमा भने रोक लगाइने भएको छ ।

पाँचौ चरणमा सबै फरम्याटका लिग, प्रतियोगिता र उपलब्ध फेसिलिटीको प्रयोग गर्न पाइनेछ । तर त्यसमा सामाजिक दुरीको नियमपनि लागु हुने छैन ।

इंग्ल्याण्ड बोर्डले यसलाई मान्यतामा लगेपनि वेल्स बोर्डले जुन १८मा रिभ्यु गर्नेछ ।

प्रतिक्रिया