आइतबार, वैशाख ७, २०८२

कोरोना : विश्वभर ४ लाख २३ हजार बढीको मृत्यु , ७५ लाख ५३ हजार संक्रमित

नेपालखोज २०७७ जेठ ३२ गते १७:३८

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ३४९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार संक्रमितको संख्या ७५ लाख ५३ हजार १८२ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ देशमा फैलिसकेको छ ।

चीनमा करिब नियन्त्रणमा आइसके पनि विश्वका अन्य देशमा भने यो संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

अमेरिकापछि सबैभन्दा धेरै ब्राजिल र क्रमशः रुस र भारतमा कोरोनाको संक्रमण फैलिएको छ ।

लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् ।

लकडाउन खुकुलो गरेपछि संक्रमण झन धेरै फैलिएको भन्दै यसमा पुर्नविचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ । -एजेन्सी

प्रतिक्रिया