सोमबार, वैशाख ८, २०८२

जातीय हिंसा : अमेरिका र बेलायतमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कयौं घाइते

नेपालखोज २०७७ जेठ ३२ गते १७:४२

काठमाडौँ । अमेरिकामा जर्ज फ्लोइडको हत्यापछि लगातार रंगभेदविरुद्धको प्रदर्शन भइरहेका छन् ।

जातीय विभेद र रंगभेद विरुद्ध चलिरहेका आन्दोलन अमेरिकालगायत विश्वका विभिन्न देशमा पनि चलिरहेको छ ।

अमेरिकाका विभिन्न शरहका हजारौं प्रदर्शनकारीहरु अश्वेत अमेरिकी नागरिक फ्लोइडलाई नियन्त्रणमा लिएर प्रहरीले घाँटीमा घुँडाले थिचेर हत्या गरेसँगै लगातार प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा आगजनी र लुटपाटका घटनाहरु भएसँगै केही राज्यमा सरकारले निषेधाज्ञासमेत जारी गरेको थियो ।जातीय विभेद अन्त्यका लागि अमेरिकाबाहेक बेलायत, युरोप, अष्ट्रेलियालगायत विश्वभर प्रदर्शनहरु भइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा संलग्न अधिकारीहरुमाथि छानविन भइरहेकाले हिंसात्मक गतिविधि नगर्न आग्रह गरेका छन् ।

उनले नागरिकको सुरक्षाका लाथि थप प्रहरी तैनाथ गर्ने चेतावनीसमेत यसअघि नै दिइसकेका छन् ।

 

यता बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले आन्दोलन रोक्न प्रदर्शनकारीहरुलाई आग्रह गरेका छन् । उनले बेलायतमा जातीय रुपमा कसैलाई विभेद नगरेको भन्दै संयमित रुपमा प्रस्तुत हुन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।

यता बेलायतका विभिन्न शहरमा भएका प्रदर्शनमा प्रहरीसँग भएको झडपमा केही आन्दोलनकारी घाइते भएको बताइएको छ । -एजेन्सी

प्रतिक्रिया