सोमबार, वैशाख ८, २०८२

राष्ट्रसंघको कार्यालयमा तोडफोड

नेपालखोज २०७७ जेठ ३२ गते १७:४६

काठमाडौँ । उत्तरपूर्वी नाइजेरियामा विद्रोहीहरुसँगको भिडन्तमा २० जना सुरक्षाकर्मी र ४० जना सर्वसाधारणको मृत्यु भएको छ । घटनामा कयौं स्थानीय घाइते भएको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन् ।

 

विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपूर्वी नाइजेरियाको बोर्ना राज्यमा सरकारी सुरक्षाकर्मीमाथि आक्रमण भएको समाचारमा जनाइएको छ ।

केही दिनअघि पनि मोंगुनो र नग्नजाई क्षेत्रमा भएका आक्रमणमा ६९ जनाको हत्या भएको थियो । प्रत्यक्षदर्शीका अनुसार विद्रोहीले सरकारी सेनाको सुरक्षा क्याम्पमा आक्रमण गर्न थालेपछि दुवै पक्षबीच भीडन्त भएको हो ।

आक्रमणकारीहरुले उक्त क्षेत्रमा रहेको संयुक्त राष्ट्रसंघको सम्पर्क कार्यालयमा समेत तोडफोड र आगजनी गरेको समाचारमा जनाइएको छ ।

ती क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता नगर्न चेतावनीसमेत दिएको बताइएको छ । उत्तरपूर्वी नाइजेरियामा बोको हराम र अफसूट इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्त ९आइएसडब्लुएपी० ले हजारौं नागरिकको हत्या गरिसकेका छन् ।

विद्रोहीहरुको आन्दोलनका कारण लाखौं सर्वसाधारण बिस्थापित भइसकेको बताइएको छ । -एजेन्सी

प्रतिक्रिया