सोमबार, वैशाख ८, २०८२

इंग्लिस प्रिमियर लिग फुटबल आजबाट सुचारु हुँदै

नेपालखोज २०७७ असार ३ गते २०:२३

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल आजबाट सुचारु हुँदैछ । कोरोनाका कारण रोकिएको प्रिमियर लिग तीन महिना पछि फर्कन लागेको हो ।

महामारीका बीच फेरी सुरु हुन लागेको प्रतियोगिता बन्द रंगशालामा हुने छ । प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेड बीच खेल हुनेछ ।

सो खेल भिल्लाको घरेलु मैदानमा नेपाली समय अनुसार राति १०ः४५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा भिल्ला २८ खेलपछि २५ अंकजोडेर १९औं स्थानमा छ भने सेफिल्ड ४३ अंक सहित सातौं स्थानमा रहेको छ । आज हुने अर्को खेलमा म्यानचेस्टर सिटी र आर्सनल आमने सामने हुनेछन् । खेल सिटीको घरेलु मैदानमा राति१ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा सिटी २८ खेलपछि ५७ अंक जोडेर दोस्रो स्थानमा छ भने आर्सनल ४० अंक सहित नवौं स्थानमा छ । अनौपचारिक रूपमा उपाधि गुमाइसकेका सिटीका लागि अब लिगका बाँकी खेल प्रतिष्ठाको खेल मात्रै हुनेछन् ।

प्रतिक्रिया