कोपा इटालीया फुटबलको उपाधि नापोलीलाई
नेपालखोज
२०७७ असार ४ गते १३:१६
काठमाडौँ । यस वर्षको कोपा इटालीया फुटबल प्रतियोगिताको उपाधि नापोलीले जितेको छ ।
गएराति भएको फाइनल खेलमा सर्वाधिक सफल टिम युभेन्टसलाई टाईब्रेकरमा हराउँदै नापोलीलले ६ वर्षमा पहिलो मुख्य उपाधि जितेको हो । खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा नापोलीले युभेन्टसमाथि ४–२ को जित हात पार्यो ।
इटालीको राजधानी रोमस्थित ओलम्पिक रंगशालामा बिना कुनै दर्शकको उपस्थितीमा खेल खेलाइएको थियो ।
जितपछि नापोलीका प्रशिक्षक जेनारो गाट्टुसोलाई राहत पुग्दा युभेन्टसका प्रशिक्षक मौरिजियो सारी दबाबमा परेका छन् । -एजेन्सी
सम्बन्धित
प्रतिक्रिया