बुधबार, वैशाख १०, २०८२

आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट राष्ट्रियसभाबाट पनि पारित

नेपालखोज २०७७ असार ४ गते २०:०३

काठमाडौँ । राष्ट्रियसभाले आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट पारित गरेको छ । आज अर्थमन्त्री युवराज खतिवडाको प्रस्तावमा संसदको बहुमतले विनियोजन विधेयकलाई पारित गरेको हो । प्रतिनिधिसभाले हिजो नै बजेट पारित गरेको थियो ।

सरकारले संवैधानिक व्यवस्थाअुनसार जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नेकपा बाहेका सांसदले विपक्षमा मत दिएका छन् ।

अघिल्ला वर्षमा बजेट असारको अन्तिमतिर स्वीकृत हुने भए पनि यसपटक कोरोनाका कारण जेठमै बजेट स्वीकृत भएको हो । प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयकलाई राष्ट्रियसभाले १५ दिनभित्र स्वीकृत गरेर पठाउनुपर्ने छ ।

सरकारले आगामी आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ४८ अर्ब, पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्था खर्च बापत २ खर्ब ७२ अर्ब छुट्याएको छ । सरकारले बजेटको स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, बाह्य ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २ खर्ब २५ अर्ब लिने तयारी गरेको छ ।

प्रतिक्रिया