गौरिका सिंहले अनलाइनबाटै कृषि विकास बैंकमा खाता खोलिन्
काठमाडौं । नेपालका सरकारी बैंकहरु मध्ये विद्युतीय बैंकिङ्गका सेवा अधिक प्रयोग गरिरहेको कृषि विकास बैंकले हालै अनलाइनबाट खाता खोल्ने प्रणाली संचालनमा ल्याएको छ । निजी क्षेत्रको भन्दा वढी विश्वसनीय रहेका सरकारी बैंकहरु मध्ये कृषि विकास बैंकले आप्mना कारोवारहरुलाई डिजिटाइजेसन गरी रहेको छ ।
अषाढ ५ गतेबाट शुरु भएको अनलाइनबाट खाता खोल्ने प्रविधिमा देश विदेशबाट उत्साहजनक सहभागिता रहेको देखिन्छ । बैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली तथा युवा युवतीहरुको यसमा विशेष आकर्षण रहेको छ । यसै क्रममा नेपालकी प्रख्यात पौडिवाज गौरिका सिंहले पनि अनलाईनबाट कृषि विकास बैंकको ठमेल शाखामा खाता खोलेकी छन् । यो प्रविधिको विकास गरेपश्चात् खाता खोल्ने प्रणाली तथा प्रक्रियामा समेत सरलिकरण भएको छ ।
बैंकमा सँधै भिडभाड रहने ग्राहक सेवा फाँटमा गई खाता खोल्नु पर्ने झञ्झट तथा कोरोनाको संक्रमणबाट समेत वच्न सकिने भएकोले यो प्रणाली दिन प्रतिदिन लोकप्रिय भइ रहेको छ । जलपरी गौरिकाले विदेशबाट खाता खोली कारोवार गर्ने मनसाय राखेकोले कृषि विकास बैंक लि.ले निज गौरिका सिंह लाई धन्यवाद समेत दिएको छ । जततउकस्ररयलष्लिभबअअयगलत।बमद।िनयख।लउ मा गई कृषि विकास बैंक लिमिटेडको अनलाइन खाता खोल्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया