बिग बोस १४ पनि सलमानले होस्ट गर्ने
नेपालखोज
२०७७ साउन १ गते ९:२२
एजेन्सी । भारतको चर्चित रियालिटी सो बिग बोसको १४ औं सिजन अब सुरु हुने तरखरमा रहेको छ । यसपटक पनि यो कार्यक्रम अभिनेता सलमान खानले नै चलाउने निर्माताले जनाएको भारतीय मिडियाले जनाएका छन् ।
यसअघि बिग बोस १३ को सिजनमा पनि निकै राम्रो चर्चा बटुलेको बिग बोसले अब यसमा सहभागी को हुने भन्नेबारे काम सुरु गरेको छ ।
यसपटक लकडाउनका कारण केही ढिला सुरु हुने बिग बोस अब लकडाउन एपिसोड भनेर प्रदर्शन गरिने र यसमा कोरोनाको विशेष प्रभाव पनि देखिने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया