सोमबार, वैशाख ८, २०८२

आज १६७ जनामा संक्रमण पुष्टि, कुल संख्या १७ हजार ३ सय नाघ्यो

नेपालखोज २०७७ साउन १ गते १७:१०

काठमाडौँ । नेपालमाआजथप १६७व्यक्तिमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्यतथाजनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो वृद्धिसँगै आज अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको छ।

तीमध्ये ११ हजार २ सय ४९ जना सङ्क्रमितहरू भाइरसमुक्तभएर घर फर्किएको र ३९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।विगत २४ घण्टामा २१३जनानिको भएर घर फर्किएको जानकारी मन्त्रालयकाप्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको छ ।

अहिले देशभरि ६ हजार ५६ सक्रिय सङ्क्रमितभएको उहाँको भनाई छ । विगत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय ८१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण गरिको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।हालसम्म३लाख३हजार ८ सय १०जनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिले देशभरिका क्वारन्टीनमा २३ हजार ५ सय रहेका छन् । तीमध्ये सुदूरपश्चिममा सबै भन्दा बढी रहेका छन् । अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णालीप्रदेशमा सर्वाधिकसङ्ख्यामामानिसहरू सङ्क्रमितभएका छन् ।

प्रतिक्रिया