सोमबार, वैशाख ८, २०८२

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सीपीएल खेल्नेबारे अन्योल

नेपालखोज २०७७ साउन १० गते १७:५७

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सीपीएल खेल्नका लागि अबको एक हप्ताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ ।

यसका लागि अहिलेसम्म हवाई उडानको भने कुनै टुङ्गो लाग्न सकेको छैन् । हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सीपीएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए ।

एक हप्ताभित्र सन्दीप टोबागो पुग्न नसके सीपीएल गुमाउनुपर्ने अवस्था आउने उहाँको भनाइ छ । उता पुगिसके पछि पनि सन्दिपले १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने हुन्छ ।

सन्दीप यस यामको सीपीएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रुपैयाँ) मा अनुबन्ध गरेको हो । सीपीएल आउँदो भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया