सोमबार, वैशाख ८, २०८२

भारतमा पछिल्लो २४ घण्टामा थप ५० हजारभन्दा बढीमा कोरोना पुष्टि

नेपालखोज २०७७ साउन १२ गते ७:२९

काठमाडौं । पछिल्लो २४ घण्टा यता छिमेकी देश भारतमा थप ५० हजार ५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ सय १६ जनाको मृत्यु भएको छ । नेपाली समयनुसार विहान ७ बजेसम्म विश्वभर १ करोड ६४ लाख ५ हजारभन्दा बढी कोरोना संक्रमित पुगेका छन् ।

विश्वभर उच्च कोरोना संक्रमित राष्ट अमेरिका, ब्राजिल पछिको छिमेकी देशमा भारतमा १४ लाख ३६ हजार बढीमा कोरोना पुष्टि भएको छ । भने पछिल्ला दिनमा मृत्युदर पनि बढ्दै गएसँगै हालसम्म ३२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।

विश्वभर २ लाख १६ हजारभन्दा बढी मानिसले कोरोनाकै कारण ज्यान गुमाएका छन् । सबैभन्दा बढी अमेरिकामा १ लाख ४९ हजार ८ सय र ब्राजिलमा ८७ हजार बढी मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया