बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीविरुद्ध प्रहरीमा उजुरी
एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीविरुद्ध उनकी पत्नी आलियाले प्रहरीमा उजुरी दिएकी छिन्। नवाजुद्दीनसँग अलग भइसकेकी पत्नी आलियाले मुम्बईस्थित वर्सोवा प्रहरी स्टेशनमा उजुरी दिएकी छन्।
२७ जुलाईमा दर्ता भएको उजुरीमा जानी जानी कसैमाथि चोट पुर्याएको, अपमानित गरेको, धम्की दिएको तथा अपराधिक कार्य गरेको आरोप लगाइएको छ। प्रहरीले नवाजुद्दीनलाई नोटिस पठाइसकेको छ। तर, अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन्।
आलियाले आईपीसीको धारा ३२३, ३५४ (जानी जानी कोहीमाथि चोट पुर्याएको), ५०४ (शान्ति भंग गर्ने उद्देश्यले जानी जानी अपमान गरिएको), ५०६ (धम्की दिएको) तथा धारा ३४ अनुसार आपराधिक कार्य गरेको आरोप लगाएकी छिन्।
आलियाले नवाजुद्दीनमाथि आफ्नो भाइको गल्ती लुकाएको आरोप लगाएकी छिन्। उनले दिएको उजुरीमा भनिएको छ, ‘मेरो भतिजीले मलाई भनेकी थिइन्, मलाई अंकलसँग नपठाउनु, अंकलले मलाई नराम्रो व्यवहार गर्छन्।’
देवर मिनाजुद्दीनले उनकी छोरीमाथी २०१२ मा यौन शोषण गरेको तथा अश्लील भिडिओसमेत पठाएको आरोप उजुरीमा उल्लेख गरेकी छिन्। आफूले त्यसको प्रतिकार गर्दा देवरले कुटपिट गरेकोसमेत उनले आरोप लगाएकी छिन्।
त्यो समय मुम्बईमा रहेको श्रीमानलाई योबारे जानकारी गराउँदा अहिले उ करिअरको शुरूआतमा छ, केही गर्यो भने उसको भविश्य बर्बाद हुन्छ भन्दै केही नगरेको आलियाले बताइन् ।
प्रतिक्रिया