सोमबार, वैशाख ८, २०८२

पाटन अस्पतालमा थप एक जना कोरोना संक्रिमतको मृत्यु, मृतककाे संख्या ५६ पुग्याे

नेपालखोज २०७७ साउन १६ गते १४:२०

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

ललितपुर थसिखेल निवासी उनी गत साउन ६ गते अस्पताल भर्ना भएकी उनीकाे शुक्रबार बिहान आईसीयूमा उपचारको क्रममा  मृत्यु भएको हाे ।

वीरगञ्जबाट आएकी भनिएकी उनीकाे स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएसँगै पाटन अस्पताल सारिएको थियो । याेसँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ५६ पुगेकाे छ ।

प्रतिक्रिया