काठमाडाैं । काठमाडौं जिल्लाकाे विभिन्न स्थानका ३२ जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
शुक्रबार काठमाडाैंका ३२ जनासहित उपत्यका भरी ३८ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनले काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनासहित देशभर २ सय २४ जनामा कोरोना संक्रमण देखिएकाे जानकारी छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या १९ हजार ७ सय ७१ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या ५६ पुगेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गाैतमले बताएका छन् ।
प्रतिक्रिया