साताकाे पहिलाे दिन ४२ प्रतिशतले घट्यो नेप्से
नेपालखोज
२०७७ साउन १८ गते १५:३९
काठमाडाैं । साताकाे पहिलाे दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) परिसुचक कारोबारको ४२.७८ प्रतिशतले घटेको छ ।
कारोबार सुरुमा केही समय उकालो लागेकोे नेप्से ४ घण्टाको अवधिमा ४२.७८ अंकले ओरालो लाग्दै काराेबारकाे अन्तिम घडीमा परिसूचक २.९७ प्रतिशतले घटेकाे हाे ।
विहान १० बजे १४४१.१६ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दा १३९६.२८ को बिन्दुमा आइपुगेकाे छ भने कारोबारमा आएका १२ उपसमूह मध्ये सबै उपसमुह घटेका छन् ।
आइतबार ३ बजेसम्म १ सय ८९ कम्पनीको ४६ लाख ६१ हजार शेयर कित्ता २७ हजार ८ सय ६० पटक खरिद विक्री हुदाँ १ अर्ब ८४ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।
सम्बन्धित
प्रतिक्रिया