सोमबार, वैशाख ८, २०८२

आइतबार काठमाडाैं उपत्यकाभित्र ३१ जनामा देखियाे काेराेना

नेपालखोज २०७७ साउन १८ गते १६:४२

काठमाडाैं । आइतबार काठमाडाैं उपत्यकाभित्र ३१ जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित प्रेस विफ्रिङमा काठमाडाैं जिल्लामा २२ जना सहित भक्तपुरका १ जना र ललितपुरका ८ जनामा काेराेना भाइरस पुष्टि भएकाे जानकारी दिए ।

त्यस्तै देशभरका प्रयाेगशालामा  ८ हजार ८ सय ६१ जनामा गरिएकाे काेराेना परीक्षणमा २ सय ४६ जनामा काेराेना संक्रमण देखिएकाे मन्त्रालयका प्रवक्ता डा. गाैतमले बताएका छन् । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ३ सय ३२ रहेकाे छ भने ५७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया