आइतबार, वैशाख ७, २०८२

सोमबार ७ अकंले बढ्यो नेप्से, १ अर्ब २९ करोड बढीको कारोबार

नेपालखोज २०७७ साउन १९ गते १५:३८

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.५९ अकंले बढेर बन्द भएको छ । कारोबारको शुरुवातमा ओरालो लागे पनि बन्द हुने अर्थात ३ बजेसम्म नेप्से परिसूचक ७.५९ अंकले उकालो लागेको छ ।

सोमबार १३९३.०२ बाट कारोबार सुरु भए पनि ३ बजेसम्म आउदाँ १४०३.८७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । १.४७ अंकले सेन्सेटीभ सूचक बढेको छ भने कारोबारका लागी आएका १२ उपसूचक मध्य ९ उपसूचक बढे्का छन् ।

त्यस्तै, सोमबार कारोबारका लागी आएका १ सय ९० कम्पनीको ५३ लाख ४२ हजारभन्दा कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

सोमबार भएको कारोबारमा आएका कम्पनी मध्ये प्रभु बैंक लिमिटेडले १ लाख २२ हजार शेयर कित्ता खरिद बिक्री हुदाँ ३४ करोड २९ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

प्रतिक्रिया