कोसी अस्पतालमा ७७ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु
नेपालखोज
२०७७ साउन २० गते ८:२५
काठमाडौं । विराटनगरस्थित कोसी अस्पतालमा कोरोना संक्रमित ७७ वर्षिय वृद्धको मृत्यु भएको छ ।
सोमबार बिहानमात्र अस्पताल भर्ना भएका उनको दिउँसो मृत्यु भएको अस्पताल श्राेतले जानकारी दिएकाे छ । उनलाई ज्वरो, छाती दुख्ने र स्वासप्रस्वासको समस्या रहेको थियो । उनको कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा अगाडी नै मृत्यु भईसकेको थियो ।
अहिलेसम्म कुनै ट्राभल हिस्ट्री देखिएको उनको परिवारका सदस्यले भने चार दिनदेखि ज्वरो आएको अस्पताललाई जानकारी दिएका थिए मृतक मधुमेह र रक्तचापको रोगी समेत थिए ।
शव अस्पतालमै राखिएको र व्यवस्थापनको लागि सेनाकोलाई खबर गरेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ
सम्बन्धित
प्रतिक्रिया