सोमबार, वैशाख ८, २०८२

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट

नेपालखोज २०७७ साउन २० गते ८:५६

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्ट नियुक्त भएका छन् । योजना आयोगका सदस्य भट्टलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सीईओमा नियुक्त गरेको हो ।

अर्थमन्त्री डा‍. युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषद्ले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा १२ जनाले दिएको आवेदनमा रामकृष्ण खतिवडा, सुशील भट्ट र डा.सरोज कोइराला छनाृेट भएका थिए ।

लगानी बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि खाली रहेको पदमा भट्ट नियुक्त भएका हुन् ।

प्रतिक्रिया