दक्षिण कोरियामा भिषण वर्षा, १३ जनाको मृत्यु १३ जना बेपत्ता
नेपालखोज
२०७७ साउन २० गते १३:५२
सियोल । विगत चार दिनदेखिको भिषण वर्षाका कारण दक्षिण कोरियामा मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।
केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो । भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् ।
उत्तरी चुङचियोङ प्रान्तका ५ सय ५५ परिवार समेत १ हजार २५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । करिब ५ हजार ७ सय ५१ हेक्टर जमिन डुबानमा परेको छ भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको छ ।
वर्षा प्रभावित मानिसको उद्धार एवं राहतका लागि २५ हजारभन्दा बढी प्रहरी, स्वयंसेवी र अन्य उद्धारकर्मी परिचालन गरिएको सरकारले जनाएको छ । रासस–सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया