विवाह गरेको तीन मिनेटमै डिभोर्स !
नेपालखोज
२०७७ साउन २० गते १५:३२
विवाह गरेको तीन मिनेटमै डिभोर्स, यो घटना कुवेतको हो । कुवेतमा एउटा जोडीले विवाह बन्धनमा बाधिएको तीन मिनेटमै आफ्नो सम्बन्ध टुटाएका हुन्।
यो कुवेतको इतिहासमा नै सबैभन्दा छिटो डिभोर्स भएको घटना हो । अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्सको माग गरेकी हुन् ।
अदालतमा विवाहको काम सकेर घर फर्कदैँ गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले आवेगमा आएर न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी थिइन् ।
बेहुलाले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै सामाजिक सञ्जालमा बेहुलीको समर्थनमा महिलाहरु उत्रिएका थिए ।
यो घटनाले धेरै चर्चा पाएपछि बेहुलाले ट्विटरमा प्रतिक्रिया दिँदै लेखेका थिए, ‘सुरुमै यस्तो व्यवहार गर्नेसँग छुट्टिनु नै उत्तम हुन्छ ।’
सम्बन्धित
प्रतिक्रिया