मंगोलियाले ११ टन सुन किन्यो
नेपालखोज
२०७७ साउन २१ गते १५:३२
उलानबटोर– मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा झण्डै साडे ११ टन सुन खरिद गरेको छ ।
मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ ।
मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको ६ महिनाको अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर संचित रहेको छ ।
विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा संचिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ । तर, सुनको भाउ आकासिँदै गएका बेला मंगोलियाको केन्द्रीय बैंकले यति ठूलो परिणाममा सुन किन्नुलाई अर्थपूर्ण हिसावले हेरिएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया