लगानी बोर्डमा सीईओमा नियुक्त भएका भट्टले गरे पदबहाली
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेका सुशील भट्टले पदबहाली गरेका छन् । गत सोमबार मन्त्रीपरिषद् बैठकबाट लगानी बोर्डको सिईओमा छनोट भएका भट्टले बुधवार दिउँसो बोर्डको कार्यालय पुगेर पदबहाली गरेका हुन् ।
भट्ट यसअघि राष्ट्रिय योजना आयोगका सदस्य रहेका भट्टले लगानी बोर्डको सीइओमा आवेदन दिएका थिए । उनी योजना आयोगमा रहँदा भौतिक र पूर्वाधार क्षेत्र हेर्ने गर्थे ।
बोर्डको सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको समितिले भट्टसहित डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम सिफारिस गरेको थियो ।
काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनीयरिङ गरेका भट्ट नेपाल व्यवस्थापन संघका पूर्वअध्यक्ष समेत थिए । नेपाल सरकारबाट प्रदान गरिने प्रवल जनसेवा श्री तथा भारतको टाइम्स एसेन्ट वोर्ल्ड मानव स्रोत विकास कांग्रेसद्वारा उत्कृष्ट मानव स्रोत साधन व्यवस्थापक अवार्डबाट भट्टले सम्मानित भएका छन् ।
सम्बन्धित समाचार
प्रतिक्रिया