मंगलबार, वैशाख ९, २०८२

लेवनान विष्फोटमा परि ज्यान गुमाउनेको
संख्या १ सय ३५ पुग्यो

नेपालखोज २०७७ साउन २२ गते ९:०५

एजेन्सी। लेवनान विष्फोटमा परि ज्यान गुमाउनेको संख्या १ सय ३५ पुगको छ भने घाइतेको संख्या ४ हजार भन्दा बढी छ । राष्ट्रपति मीसेल आउनकाअनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो ।

त्यस्तै लेवनानको बेइरुतमा भएको ठूलो विष्फोटनको अनुसन्धान सुरु गर्नुअघि नै केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ ।

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले वइरुतमा भएको विष्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमामा खसालिएको अणु बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन ।

प्रतिक्रिया