मंगलबार, वैशाख ९, २०८२

भारतको एक कोरोना अस्पतालमा आगलागी, ८ जनाको मृत्यु

नेपालखोज २०७७ साउन २२ गते ११:३६

एजेन्सी । भारतको एक कोभिड अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहानै भारत, गुजरातको अहमदाबादमा एउटा ठूलो दुर्घटना भएको हो । शहर मा स्थित श्रेय अस्पतालमा भयानक आगो लाग्यो ।

श्रेय अस्पताल कोरोना संक्रमितहरुको लागी प्रयोग हुँदै आएको छ । आगो आईसीयूमा लागेको बताइएको छ । आगोले खतरनाक रूप लिएको थियो, जसकारण ८ जना कोरोना बिरामीहरूको ज्यान गुमाउनुपर्यो । अर्को तिर एक प्यारा मेडिकल स्टाफ घाइते भएका छन् । आज बिहान साढे ३ बजे श्रेय अस्पतालमा आगो लागेको बताइएको छ । आज बिहानै पौने ४ बजे तिर दमकल विभागको टोली घटनास्थलमा पुगेको थियो ।

आगलागी साढे ४ बजे आसपास नियन्त्रणमा लिइएको थियो । जब आगो लाग्यो, त्यहाँ आईसीयूमा १० कोरोना बिरामीहरू थिए, जबकि सम्पूर्ण अस्पतालमा ४९ कोरोना बिरामीहरू थिए । ति मध्ये आठ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा अरविन्द भावसार, नवीनलाल शाह, लीलावती शाह, आयशाबेन तिर्मिश, मनुभाई रामी, ज्योति सिन्धी, नरेन्द्र शाह र आरिफ मन्सूर रहेका थिए । ज्यान गुमाउने यी आठ व्यक्तिको श्रेय अस्पतालमा उपचार भैरहेको थियो । हाल बाँकी बिरामीहरुलाई अर्को अस्पतालमा सारिएको छ । साथै, फोरेन्सिक विभागको टोली अनुसन्धानको लागि पुगेको छ । यसका साथ स्थानीय प्रशासन र पुलिस विभागको टोली पनि श्रेय अस्पताल पुगेको छ । सर्ट सर्किट आगो लाग्नुको कारण हो भनिएको छ ।

केही व्यक्तिहरू भन्छन् कि आईसीयूमा एक सर्ट सर्किट भयो र आगलागी भयो । तर, फोरेन्सिक विभागको टोलीले आगो कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान गर्दैछ । यस घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुले दुःख व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया