युवतीले कुकुर छाड्न नमानेपछि विवाह रद्द
नेपालखोज
२०७७ साउन २२ गते १२:०७
एजेन्सी । यो घटना हाम्रो छिमेकी देश भारतको हो । भारतमा कुकुरको कारण एक युवतीको विवाह रोकिएको छ । करिश्मा वालिया नाम गरेकी युवतीसँग एक युवकले विवाह प्रस्ताव गरे । उनीहरु दुईबिच विवाह गर्ने सहमती पनि भयो । करिश्मालाई कुकुर धेरै मन पर्ने हुनाले ऊनी कुकुरसँग धेरै समय बिताउने गर्थिन । यही कारण युवकले विवाह रद्द गरेका हुन् ।
ती युवाले युवतीसँग पारीवारिक सहमतिमा कुराकानी गर्दै आएका थिए । कुराकानीको क्रममा युवतीले विवाह पछि पनि कुकुर आफ्नो साथ राख्ने बताएपछि ती युवालाई यो कुरा मन नपरेर उनीहरुको हुन लागेको विवाह रद्द भएको हो ।
ती युवाले आफ्नो लव लाइफको बिच कुकुर आउन नहुने भन्दै आफ्नो आमालाई पनि मन नपर्ने बताएका थिए। युवाको गरेको निर्णयलाई भन्दा करिश्माले देखाएको कुकुर प्रति मायाको व्यापक चर्चा भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया