कोरोना संक्रमणबाट भारतमा पूर्वमन्त्रीको मृत्यु
नेपालखोज
२०७७ साउन २२ गते २०:५८
एजेन्सी । भारतमा कोरोना संक्रमणबाट पूर्व मन्त्रीको मृत्यु भएको छ। भारतीय कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम पश्चिम बंगालका पूर्व पारवहन मन्त्री श्यामल चक्रवर्तीको निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
उनी वाममोर्चा सरकारमा सन् १९८२ देखि १९९६ सम्म मन्त्री रहेका थिए। उनको कोलकातास्थित एक अस्पतालमा निधन भएको हो। कोरोना पोजेटिभ भएपछि चक्रवर्तीलाई ३० जुलाईमा अस्पताल भर्ना गरिएको थियो ।
अस्पताल भर्ना भएपछि पनि उनको स्वास्थ्यमा कुनै पनि सुधार नआएकोमा आज मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया