मंगलबार, वैशाख ९, २०८२

नाइजेरियामा बन्दुक आक्रमणमा २१ को मृत्यु

नेपालखोज २०७७ साउन २३ गते २०:२४

एजेन्सी । उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले जानकारी दिएको छ ।

नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समुदायबीच आपसमा गोली हानाहान भएको सरकारी समाचार स्रोतले बताएको छ । तर, कुन समुदायबीचमा सो हमला भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

बिहीबार राति बिहानीपखबाट सुरु भएको यस बन्दुक आक्रमणमा परी २१ व्यक्तिको ज्यान गएको राज्यका प्रहरी प्रवक्ता मोहमद जालिगले शुक्रबार बताएका हुन् । नाइजेरियाको कदुना राज्यको जाङ्गो कताफ क्षेत्रमा यो आक्रमण भएको बताइएको छ । प्रवक्ताकाअनुसार बन्दुकधारीहरुको हालसम्म परिचय खुल्न सकेको छैन ।

यद्यपि, स्थानीय मानवअधिकार समूह ‘दक्षिण कदुना पीपुल्स युनियन’ले बिहीबार प्रकाशित एक विज्ञप्तिमा कदुनाको जाङ्गो कताफको पाँच वटा गाउँमा भएको यस आक्रमणमा ३३ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

प्रतिक्रिया