होसियार पाइन्टको पछाडि पर्स राख्दा यस्ता रोग लाग्न सक्छन्
प्रायः पुरुषहरुले पर्स पाइन्टको पछाडि गोजीमा बोक्ने गरेको पाइन्छ । पैसा राख्न, कार्ड राख्न सजिलो भएको कारण मानिसले पर्स बोक्ने गरेको पाइन्छ । पैसा, कार्ड, सिक्का, आइडीलगायतका विभिन्न सामान राख्दा पर्स मोटो बन्छ । यसबाट मानिसलाई विभिन्न रोग लाग्ने गरेको पाइएको छ । जान्नुहोस पछाडि गोजीमा पर्स बोक्दा कस्तो किसिमका रोगहरु लाग्छन् ।
१. मोटो पर्स पछाडि गोजीमा बोकेर बस्दा हाम्रो रक्तसंचारमा प्रभाव पर्ने गर्दछ किनकी हाम्रो शरिरमा यस्ता नशाहरु छन् जुन मुटुबाट कम्मरहुँदै खुट्टासम्म पुग्ने गर्दछ । लामो समयसम्म यसरी बस्दा नशा सुन्निन पनि सक्छ ।
२. पर्स मोटो भएको कारण बस्दा कम्मरमा दबाब पर्छ र यसले गर्दा साइटीक नसा फैलने भएकाले कम्मर जिवनभर दुख्ने सम्भावना हुन्छ ।
३. मोटो पर्स बोकेर बस्दा शरिर ठिकसँग ब्यालेन्स हुदैन यसले मेरुदण्डको हड्डीलाई खराब बनाउँछ जसका कारण स्पाइनल जोइन्ट्स, मसल्स र डिस्क आदीमा पीडा हुन्छ । यसका कारण कहिलेकाही मेरुदण्डको हड्डी नचल्ने पनि हुन सक्छ ।
४. पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ । यस रोगलाई फोर्मिस सिन्ड्रोम भनिन्छ ।
प्रतिक्रिया