स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ साउन २५ गते १५:३५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार (सिसिएमसी) को टोलीले ८४ जना कर्मचारीको स्वाब संकलन गरेमा चार जनामा काेराेना देखिएकाे मन्त्रालयकाे एक स्राेतले जानकारी दिएकाे छ ।
उच्च स्रोतका अनुसार मन्त्रालयका चारजना संक्रमितमा तीन जना कार्यालय सहयोगी र एक जना चालक रहेका छन् । संक्रमण देखिएका कार्यालय सहयोगीहरुले मन्त्रालयका उच्च अधिकारीहरुलाई चिया /खाजा खुवाउने काम गर्दै आएका थिए ।
काेराेना संक्रमण देखिएपछि मन्त्रालयले उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरि स्वाव परीक्षण गर्ने तयारीभइरहेकाे स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया