कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन राष्ट्र बैंकको निर्देशन दिएको छ । कोरोनाको जोखिम व्यापकरुपमा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले आज सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको हो । कोरोनाको सङ्क्रमणको मात्रा बढ्दै गएकाले घरबाटै काम गराउन र त्यो सम्भव नभए कमभन्दा कम कर्मचारी उपस्थित हुने गरी विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाउन निर्देशन राष्ट्र बैंकले निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सरकारले यातायातको क्षेत्रमा जोर बिजोर प्रणाली लागू गरेको तथा स्वास्थ्य सुरक्षाका विषयमा स्पष्ट मार्गदर्शन गरेको भन्दै त्यसको पूर्ण रुपमा परिपालना गर्न गराउन भनेको छ ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवालाई नियमित कसरी राख्न सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट हुने कारोवारलाई थप प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई पुनः ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया