सोमबार, वैशाख ८, २०८२

वीरगञ्जमा काेराेनाबाट ४५ वर्षीया महिलाकाे मृत्यु

नेपालखोज २०७७ साउन २६ गते ११:५०

काठमाडाैं । वीरगञ्ज एकजना ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार राति गण्डक अस्पतालमा मृत्यु भएको उनको स्वाब परीक्षण गर्दा काेराेना पुष्टि भएकाे हाे ।

वीरगन्ज-१५ निवासी उनलाई शुक्रबार राति नै अस्पताल ल्याइएको थियो । श्वासप्रश्वासमा समस्या रहेको उनकाे भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे छ ।

पहिलादेखि नै थाइरायडकाे विरामी रहेकी उनकाे निधनपछि स्वाव परीक्षण गरी नारायणी काेराेना अस्पतालमा पठाएकाे थियाे ।उक्त स्वावकाे रिपाेर्टमा आइतबार कोरोना पोजेटिभ देखिएको अस्पतालले जानकारी दियाे ।

देशभर भने मृत्यु हुनेको संख्या ७७ पुगेको छ । योसँगै वीरगन्जमा साउन महिनामा मात्र कोरोनाबाट १८ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया