मेडिसिटी अस्पतालमा कोरोनाबाट ६४ वर्षीय वृद्धको मृत्यु
नेपालखोज
२०७७ साउन २६ गते १४:२३
काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको छ ।
निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना भएका थिए ।
सोमबार बिहान करिब ६ बजे मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जानकारी दिए । मृतक कलंकी नजिक ट्याङ्ला फाँटका निवासी हुन् ।
सम्बन्धित
प्रतिक्रिया