आइतबार, वैशाख ७, २०८२

विवाहको तीन दिनसम्म बेहुला-बेहुली सौचालय जान नपाउने चलन

नेपालखोज २०७७ साउन २६ गते १३:५९

विश्वमा विभिन्न जात जातिका मानिसहरु बसोबास गर्छन । उनीहरुको समुदाय र धर्म अनुसार छुट्टै संस्कार र परम्परा छ । इन्डोनेसियाको टीन्डांग समुदायको चलन हामीले देखेको भन्दा फरक छ ।

त्यहाँ विवाहको तीन दिनसम्म दुलहा दुलहीलाई चर्पी जान निषेध गरिएको छ । यस विधिलाई यो समुदायले महत्वपुर्ण सम्झन्छन् । यसैले मानिसहरुले निष्ठापुर्वक यो विधि गर्दछन् । स्थानीय समुदायका अनुसार विवाह पवित्र समारोह हो, चर्पी जानाले उनीहरुको पवित्रता भंग हुने हुनाले वरवधु अशुद्ध हुने विश्वास रहेकाले चर्पी जान मनाही गरिएको हो ।

दम्पत्तिमाथि नकारात्मक नजर लाग्ने र वैवाहिक सम्बन्ध नै बिग्रने सम्भावना हुने हुनाले चर्पी जानबाट रोक लगाएको हो । नव दम्पत्तिमध्ये एक चर्पी जाँदा अर्काकाे ज्यान नै खतरामा पर्न सक्ने भन्ने टीन्डांग समुदायमा रहेकाे अन्धविश्वासको कारण यो तीन दिनसम्म खाना पनि कम दिइन्छ । एजेन्सी

प्रतिक्रिया