पछिल्लाे २४ घण्टामा थप ३ सय ३८ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या २३ हजार नाघ्याे
नेपालखोज
२०७७ साउन २६ गते १६:३२
काठमाडाैं । पछिल्लाे २४ घण्टा यता नेपालमा थप ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।
देशभर रहेका विभिन्न प्रयाेगशालामा २४ घन्टाभित्र गरिएकाे परीक्षणमा ३ सय ३८ जनामा काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३ सय १० जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा काेराेनामुक्त हुनेकाे संख्या १६ हजार ४ सय ९३ पुगेकाे प्रवक्ता डा. गाैतमले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया