आइतबार, वैशाख ७, २०८२

सुशान्तकी प्रेमिका रियासँग आठ घण्टा बयान

नेपालखोज २०७७ साउन २७ गते ८:१३

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या घटनामा उनिकी प्रेमिका रिया चक्रवर्तीसँग प्रहरीले आठ घण्टा सोधपुछ गरेको छ।

सुशान्तको अकाउन्टबारे अनुसन्धान गर्दै प्रवर्तन निर्देशनालय (ईडी)ले रियासँग बयान लिएको हो। रियाले ईडीका केही प्रश्नको स्पष्ट जवाफ नदिएको बताइएको छ। समाचारअनुसार ईडीले पुनः अर्को पटक रियासँग सोधपुछ गरेर अन्य जानकारी लिने बताइएको छ।

यसले सुशान्त घटनामा रिया अप्ठ्यारो अवस्थामा पुगेकी छन्। ईडीले नायिका रियालाई सोधपुछका लागि पुनः उपस्थित हुन भनेको छ।रियासँगको सोधपुछपछि शनिबार उनका भाइ सौविक चक्रवर्तीसँग लगभग १८ घण्टा सोधपुछ गरिएको थियो।

सुशान्तको मृत्युपछि पनि उनको एक कम्पनीको आईपी ठेगाना तीन पटक बदलिएको छ। पछि लिइने बयानमा रियासँग उनको सम्पत्ति र आम्दानीसँग जोडिएका प्रश्न सोधिने अनुमान छ।

प्रतिक्रिया