ट्रम्पले पत्रकारसँग भेटघाट गर्दा ह्वाइट हाउस बाहिर गोली चल्यो
काठमाडाै । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको हो । गोली चलेको खबर पाएपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो ।
ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन् । उनले ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।पत्रकार सम्मेलनको बीचमै उनका सुरक्षाकर्मीले उनलाई केही जानकारी दिएपछि ट्रम्पले पत्रकार सम्मेलन छाडेर भित्र गएका थिए ।
तर भित्र गएर आएपछि उनले उक्त सम्मेलन जारी राखे र भने, ‘स्थिति नियन्त्रणमा छ ।’ उनले पत्रकारहरूसँग आफूलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको बताए ।
ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गरे । पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुनस् सम्मेलनस्थल फर्केका थिए ।
उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताए । अमेरिकी सिक्रेट सर्भिसले पनि एक अधिकारी उक्त घटनामा सामेल भएको र कानुन कार्यान्वयन गर्ने अधिकारीहरू घटनास्थलमा हरेको जनाएको छ । रासस
प्रतिक्रिया