आइतबार, वैशाख ७, २०८२

सत्र करोडको माक्स

नेपालखोज २०७७ साउन २७ गते १३:१७

एजेन्सी । विश्वभर कोरोना महामारीको चलिरहेको अवस्था छ । त्यसैले, माक्सको उपयोगिता अत्यधिक बढेको छ । नेपालसहित विश्वभर केन्द्र सरकारदेखि प्रदेश सरकार र प्रहरीले पनि जनतालाई सार्वजनिक ठाउँमा मास्क लगाउन अपिल गरिरहेछन् ।

अहिले सजिलैसँग बजारमा १० रुपैयाँदेखि सयौँ रूपैयाँसम्मका मास्कहरू फेला पार्न सकिन्छ । तर, के तपाईंलाई थाहा छ ? विश्वको सबैभन्दा महँगो मास्क कति मूल्यवान छ ?

विश्वको सबैभन्दा महँगो मास्कको लागत करिब साढे सत्र करोड रुपैयाँ रहेको छ । इजरायली ज्वेलरी कम्पनीले उक्त मास्क बनाएको छ र यो नै विश्वको सबैभन्दा महँगो मास्क हो ।

उक्त मास्क सुन र हीराले बनेको छ । डिजाइनर आइज्याक लेवीकाअनुसार १८ क्यारेटको सेतो सुनको मास्कमा ३ हजार ६ सय वटा सेतो र कालो हीराले सजाइनेछ । खरिदकर्ताको अनुरोधमा टप रेटेड एन ९५ फिल्टर्स उक्त मास्कमा जडान हुनेछ ।

प्रतिक्रिया