आइतबार, वैशाख ७, २०८२

कोरोना कोषमा नेपाल बैंकको साढे तीन करोड सहयोग

नेपालखोज २०७७ साउन २७ गते २०:०३

काठमाडौं । नेपाल बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख सहयोग गरेको छ । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकमको चेक अर्थमन्त्री डा। युवराज खतिवडालाई हस्तान्तरण गरेको हो ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । राष्ट्र बैंकले निर्देशन गरेबमोजिम नेपाल बैंकले विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वस्थ्य, सरसफाइ, वातावरण संरक्षण तथा अन्य सामुदायिक हित संरक्षणमा खर्च गर्दै आएको छ ।

चेक बुझ्दै अर्थमन्त्री डा। युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिएका थिए । उनले बैंकको कार्यसम्पादनमा सुधार भएकोमा प्रशंसा गर्दै थप प्रगतिका लागि शुभकामना दिए ।

प्रतिक्रिया