७५ करोडको आईपीओ निष्कासनको प्रक्रियामा सिटिजन लाइफ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड बराबरको साधारण शेयर निकाल्ने प्रक्रियालाई अगाडि बढाएको छ । एनआईबीएल एस क्यापिटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले नियुक्त पनि गरिसकेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले शेयर निष्काशनको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले सय रुपैयाँ अंकित दरका ७५ लाख कित्ता शेयर ७५ करोड बराबरको सर्वसाधारणका लागि निष्काशन गर्नेछ । अहिले कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड चुक्ता भइसकेको र सर्वसाधारणका लागि छुट्टाइएको ७५ करोडको शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।
सिटिजन लाइफ इस्योरेन्सको आ.व.०७६/०७७ को चौथो त्रैमासिक (आषाढ मसान्त)को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै लगेको छ । सिटिजन लाइफले सो अवधिमसम्ममा जीवन बीमा कोष १६४५ ले र कुल बीमा शुल्क आर्जनमा ६९५ प्रतिशतले वृद्धि गरेकोे जनाइएको छ । जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७५ ले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी रु। ३३ करोड ८३ लाख पुर्याएको छ ।
प्रतिक्रिया