आइतबार, वैशाख ७, २०८२

इतिहासमै पहिलाे पटक एकै दिन तोलामा ६ हजार २ सयले घट्यो सुन

नेपालखोज २०७७ साउन २८ गते ११:४४

काठमाडौं । यो सातामा निरन्तर ओरालो लागेको सुनको मूल्य बुधबार एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको छ ।

मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

मंगलबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि साउन ७ देखि २५ गतेसम्म सुनको मूल्य लगातार उकालो लागेको सुनको मूल्य यो साता भने केही मात्रामा घटेको छ ।  त्यस्तै मंगलबार तोलाको १ हजार ४ सय ३५ रुपैयाँमा विक्री भएको चाँदी बुधबार १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

ऐतिहासमै पहिलाे पटक एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया