बिहे गर्न तीन महिने तालिम अनिवार्य लिनुपर्ने
नेपालखोज
२०७७ साउन २८ गते १२:२४
एजेन्सी । सामान्य भाषामा भन्दा केटा र केटी मन मिलेपछि विवाह गर्छन । सबै आफ्नो रिती संस्कार अनुसार बिवाहमा बन्धनमा बाधिन्छन् । अर्थात बिहेका लागि कुनै परीक्षा पास गर्नु पर्दैन । तर, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने भएको छ ।
इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेकाे हाे ।
उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिनेछ । वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न, सम्बन्ध नटुटोस् र बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ ।
यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन ।
सम्बन्धित
प्रतिक्रिया