सोमबार, वैशाख ८, २०८२

बुधबार काठमाडौं उपत्यकामा थप १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ साउन २८ गते १६:५५

काठमाडौं । पछिल्लो २४ घण्टा यता काठमाडौं उपत्यकामा थप १ सय ३८ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

बुधबार काठमाडौं जिल्लामा १ सय ९, ललितपुरमा २१ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्ला दिनमा कोरोना संक्रमित बढ्दै गएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ भने १६ हजार ७ सय २८ जना कोरोनामुक्त भएका छन । त्यस्तै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ४ सय ५२ पुगेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया