सोमबार, वैशाख ८, २०८२

राष्ट्र बैंकमा पनि कोरोना देखिए पछि मुद्रा व्यवस्थापन विभाग सिल

नेपालखोज २०७७ साउन २८ गते १९:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

आज दिनभर राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरेर सङ्क्रमित व्यक्तिको नजिकमा रहेर काम गर्नेहरुको पीसीआर जाँच गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । राष्ट्र बैँकका सबै कर्मचारीमा कोरोनाको परीक्षण गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया