करिना कपुर दोस्रो सन्तानकी आमा बन्दै
नेपालखोज
२०७७ साउन २९ गते ९:२२
एजेन्सी । बलिउड नायिका करिना कपुर खानले दोस्रो सन्तान जन्माउँदै छिन्। खान परिवारले बुधबार एक वक्तव्य जारी गर्दै आफ्नो परिवारमा अर्को नयाँ सदस्यको आगमन हुन लागेको जानकारी दिएको हो।
वक्तव्यमा भनिएको छ– ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाइमा छौं भन्नो खबर सुनाउन पाउँदा निकै खुसी छौं। हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं।’
करिनाले अर्को सन्तान जन्माउनेबारे साामाजिक सञ्जालमा यसअघिदेखि नै चर्चा भइरहेको थियो । तर खान परिवार भने यसबारे बुधबार जानकारी दिएको हो।
यसअघि करिनाले सन् २०१६ मा पहिलो सन्तानकारुपमा तैमुर अली खानलाई जन्म दिइकी थिइन् । करिना कपुर, सैफ अली खानकी दोस्री श्रीमती हुन्। सैफकी पहिलो श्रीमती अमृताबाट २ सन्तान सारा अली खान र इब्राहिम अली खान छन्।
सम्बन्धित
प्रतिक्रिया