सानो कट्टु सिलाएका कारण पुलिसमा उजुरी
एजेन्सी । विश्वमा यस्ता घटनाहरु घटिरहेका हुन्छन् ती घटना सुन्दा हामीलाई अचम्म लाग्छ । हाम्रो छिमेकी देश भारतमा पनि एउटा यस्तै घटना घटेको छ । भारतमा हालै कृष्ण कुमार दुबे नाम गरेका व्यतिले आवश्यकताभन्दा सानो कट्टु सिलाइदिएको भन्दै सूचिकारविरुद्ध उजुरी दिएका छन् ।
यो घटना भारतको भोपालस्थित हबिबगञ्जको हो । कृष्ण कुमारले एकजना सूचिकारलाई दुई मिटर कपडा दिएर आफ्नो लागि कट्टु सिलाइदिन लगाए । सूचिकारले कृष्णकुमारका लागि कट्टु त सिलाइदिए तर कट्टु कृष्णलाई सानो भयो । कट्टु सानो भएकोले कृष्णले कट्टु ठूलो बनाइदिन सूचिकारसँग आग्रह गरे । तर सूचिकारले उनको आग्रह अस्विकार गरे । दुई मिटर कपडा दिँदासमेत आफूलाई ठिक नहुने कट्टु नसिलाइदिएको भन्दै कृष्णले ती सूचिकारविरुद्ध प्रहरीमा उजुरी हाले ।
अनौठो उजुरी देखेर पुलिस पनि छक्क पर्यो । एकछिनको विचार विमर्शपछि प्रहरीले त्यस्तो उजुरी दर्ता गर्न नसकिने भन्दै सूचिकारबाट क्षतिपूर्ति चाहिएमा अदालतमा मुद्दा हाल्न सल्लाह दिएर उनलाई फर्कायो ।
प्रतिक्रिया