आइतबार, वैशाख ७, २०८२

कुन औंलाकाे नङ पाल्दा के हुन्छ ?

नेपालखोज २०७७ साउन २९ गते १२:१५

नङ मानिसको लागि सौन्दर्यताको हिसाबले पनि महत्वपूर्ण छ । विशेष गरेर महिलाले अझ नङ सुन्दर बनाउनको लागि धेरै रकम पनि खर्च गर्छन । पशुपंक्षीको लागि त नङ अझ महत्वपूर्ण छ । किनभने, धेरै जस्तो पशुपंक्षीले नङको आडमा शिकार गर्छन् ।

प्रायः धेरै जसो किशोर किशोरीहरुले हातको नङ पालेका हुन्छन् । के तपाईलाई थाहा छ कुन औंलामा पाल्दा के हुन्छ ? जान्नुहोस ।

बूढी औंला– बुढी औंलाको नङ यौन क्षमतासँग सम्बन्धित मानिन्छ । बुढी औंलामा नङ पाले यौन क्षमता बढ्छ भन्ने विश्वास छ । यसको लागि महिलाले बाँया हातको बुढी औला र पुरुषले दायाँ हातको बुढी औलामा नङ पाल्नुपर्छ भन्ने मान्यता छ ।

चाेर औंला– चाेर औंलाको नङ आध्यात्मसँग सम्बन्धित मानिन्छ । चाेर औंलामा नङ पाल्न आध्यात्मतिर जान जाने विश्वास गरिन्छ ।

माझी औंला– माझी औंलाको नङ् पराक्रम तथा बहादुरसँग सम्बन्धित छ । माझी औंलामा नङ पाल्दा पद, प्रतिष्ठा तथा पराक्रम बढ्न भन्ने मान्यता छ ।

साइली औंला– साइली औंलाको नङ जागिर तथा रोजगारीसँग सम्बन्धित छ । साइली औंलामा नङ पाल्दा सरकारी जागिर मिल्ने तथा रोजगारीको अन्य अवसर समेत प्राप्त हुन्छ भन्ने विश्वास छ ।

कान्छी औंला– कान्छी औंलाका नङ बोलीसँग सम्बन्धित हुन्छ । कान्छी औंलामा नङ पाले बोली अर्थात् स्वर स्पष्ट, तथा सुमधुर हुन्छ भन्ने आध्यामिक विश्वास छ । तसर्थ भाषण गरिरहनु पर्ने बेला, गायकगायिका र रेडियो तथा टेलिभिजनमा समाचार वाचन गर्ने संचारकमीले कान्छी औलामा नङ पाल्दा राम्रो हुने मानिन्छ ।

प्रतिक्रिया