आइतबार, वैशाख ७, २०८२

सय रुपैयाँभन्दा बढीमा आईपीओ निष्कासन गर्ने बाटो खुल्ला

नेपालखोज २०७७ साउन २९ गते २१:२५

काठमाडौं । अबदेखि सय रुपैयाँभन्दा बढीमा आईपीओ निष्कासन गर्न पाइने भएको छ । सर्वसाधारणलाई सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत हुन चाहने कम्पनीले अंकित मूल्य एक सय रुपैयाँभन्दा बढीमा निष्कासन गर्न पाउने भएका छन् ।

‘बुक बिल्डिङ’ भनिने उक्त व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुक बिल्डिङ निर्देशिका ०७७ जारी गरेपछि कम्पनीलाई यो बाटो खुलेको हो । निर्देशिकाअनुसार प्रिमियम (अंकित मूल्यमा थप गरी) मा सेयर जारी गर्न चाहने कम्पनीले अंकित मूल्य एक सयभन्दा बढीमा प्राथमिक निष्कासन (आईपीओ) जारी गर्न पाउनेछन् ।

तर साधारण रूपमा सेयर निष्कासन गर्ने कम्पनीले भने अंकित मूल्य एक सयमै सेयर जारी गर्नुपर्नेछ । बुक बिल्डिङ विधि स्वैच्छिक हो । यो व्यवस्थाले बजारमा राम्रो ‘पर्फमेन्स’ देखाइरहेका कम्पनीलाई पुँजी बजारमा आकर्षित गर्न सकिने जानकारहरू बताउँछन् ।

यो विधिबाट अंकित मूल्य सयभन्दा बढीमा सेयर निष्कासन गर्न भने बोर्डले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ । जसमध्ये बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न कम्पनी लगातार तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन भएको, साधारणसभाबाट सो विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर चुक्ता पुँजीको कम्तीमा १ सय ५० प्रतिशत रहेको र औसत वा त्यसभन्दा माथि रेटिङ पाएको हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया